जनकपुरमा ‘द आर्ट अफ लिविङ’ को तीन दिने शिविर सम्पन्न

जनकपुरधाम । अन्तर्राष्ट्रिय आध्यात्मिक गुरु श्री रविशंकरद्वारा स्थापित संस्था द आर्ट अफ लिविङले जनकपुरधाममा तीन दिने शिविर सम्पन्न गरेको छ। जनकपुरधाम–८ स्थित मैथिली विकास कोषको सभाकक्षमा तीन दिने जीवन जिउने कला र योगाभ्यास शिविर सम्पन्न भएको हो।
शिविरमा जनकपुरधामका विभिन्न क्षेत्रमा क्रियाशील २५ जना व्यक्तिहरू सहभागि भएको संस्थाकी सुधा कार्की थापाले जानकारी दिइन्।
थापाका अनुसार जनकपुरधाममा यो शिविर दोश्रो पटक संचालन भएको हो। यसअघि यहाँस्थित जानकी नगरमा शिविर संचालन भएको थियो।
कार्यक्रममा द आर्ट अफ लिविङका प्रशिक्षक सुधीर ठाकुर, सिनियर भोलेन्टियर कल्पना ठाकुर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषद् (मिनाप)का पूर्व अध्यक्ष तथा गायक सुनील मल्लिकलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया






