सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष महतो

मोरङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मित्र राष्ट्र भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताएका थिए ।
सो पार्टीको मोरङ कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिए । अध्यक्ष महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मुलुकका दलहरूले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राखे । उनले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया






