धनुषामा भोलि विद्यालय बन्द हुने

जनकपुरधाम । काठमाडौँमा भएको जेन जेड प्रदर्शनमा युवाको मृत्यु भएपछि धनुषा जिल्लाभरिका विद्यालय भोलि एक दिनका लागि बन्द हुने भएका छन्।

प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत भोलि ९सोमबार० विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। निर्णयअनुसार निजी तथा सामुदायिक विद्यालयहरु एकैदिन बन्द रहनेछन्।

सोमबार देशभर भएको जेन जेड प्रदर्शनमा १९ जनाको मृत्यु भएको र ३४७ जना भन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। प्रदर्शनमा राज्यद्वारा भएको दमनप्रति आपत्ति जनाउँदै विद्यालय बन्दको निर्णय गरिएको हो।

ूप्रदर्शनमा युवा विद्यार्थीमाथि भएको दमन र दर्जनौँ विद्यार्थीले ज्यान गुमाउनुमा हाम्रो गहिरो शोक छ,ू एन–प्याब्सन धनुषाका अध्यक्ष आशिष झाले भने, ूत्यसैले हामीले विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ।ू

यता मधेश जेन जी अभियानले पनि सामाजिक सञ्जालमा ध्यानाकर्षण गर्दै विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया