सिके राउतलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, नदिए बहिष्कार गर्ने चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।
पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना शीर्ष नेताहरूलाई राजीनामा दिन बुधबार हस्ताक्षर गरेर सो माग गरेका हुन् ।
जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएको हो । तोकिएको समयभित्र राजीनामा नदिए बहिष्कार गर्ने पार्टीका एक नेताले चेतावनी दिएका छन्।
उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा.शरतसिंह भण्डारी, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले रहेका छन् ।








