मधेशका मुख्यमन्त्रीबाट राजीनामा दिन नमानेका सतिश सिंहलाई कारबाहीको लागि पार्टीमा सिफारिस

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई कारबाही गर्न पार्टीमा सिफारिस गरिएको छ । अनुशासन पालना नगरेको भन्दै बिहीबार कारबाही गर्न पार्टीमा सिफारिस गरिएको मधेश प्रदेश संसदीय दलका नेता महे प्रसाद यादवले बताए ।

पार्टीले फिर्ता बोलाउँदा पनि राजीनामा नदिएकाले अनुसान पालना नगरेको सन्दर्भमा कारबाही सिफारिस गरिएको उनले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री सिंहलाई राजीनामा नदिएको विषयमा पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको थियो । त्यसमा पनि मुख्यमन्त्री सिंहले जवाफ नदिएपछि कारबाहीको सिफारिस गरिएको हो ।

जेन–जी आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री सिंहले फेसबुकबाटै राजीनामा दिने घोषणा गरेका थिए । तर प्रदेशसभा विघटन नभएपछि पद नछोड्ने अडानमा छन् । मुख्यमन्त्री पदमै बसी प्रदेशसभामा विश्वासको मत लिँने अडानमा छन् । जनमत पार्टी फुटको संघारमा समेत रहेको हुनाले मुख्यमन्त्री अहिले राजिनामा दिन मानेका छैनन् ।

जनमत पार्टीले गएको शनिबार प्रदेश प्रमुखलाई र मंगलबार प्रदेशसभामा मुख्यमन्त्रीसहित मन्त्रीलाई फिर्ता बोलाएको पत्र पठाएको थियो । उक्त पत्र अनुसार जनमत पार्टीबाट वन तथा वातावरण मन्त्री रहेका सञ्जय यादव र उद्योग, वाणज्यि तथा पर्यटनमन्त्री वसन्त कुशवाहाले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया