धनुषा–३ मा रास्वपाका झा फराकिलो मतान्तरले अघि

जनकपुरधाम । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषाको निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले अग्रता कायम राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका विमलेन्द्र निधिले ९ हजार ६४ र नेकपा (एमाले) की जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया






