महोत्तरी–३ मा रास्वपाका झा निर्वाचित

महोत्तरी । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएको हो ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याएको छ। स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले चार हजार ३२४ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसक्नुभएको छ भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहेको छ।
प्रतिक्रिया






