सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्ने

काठमाडौँ । सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री डा.स्वर्णी वाग्लेले न्यूनतम पारिश्रमक अब ४० हजार र अधिकतम १ लाख माथि हुने घोषणा गरेका छन् । नयाँ तलब स्केल साउन १ बाट लागु हुने उनले बताए ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुनेछ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया
    ट्याग: