लेखापाल ल्याउन काठमाडौँमा रास्वपाका सांसद गुहार्दै मेयर यादव

जनकपुरधाम । २०८२ माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा बोल्दै हालका प्रधानमन्त्री वालेन्द्र शाहले कुनै नगरपालिकाको मेयर प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ जानु नपर्ने बताएका थिए । तर, वालेन नेतृत्वमा सरकार बनेको चार महिना बित्न नपाउँदै मेयरलाई नगरपालिकामा कर्मचारी फेर्न काठमाडौँ जाने बाध्यता कायमै छ ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव अहिले लेखापाल फेर्न काठमाडौँमा दौडधूप गरिरहेका छन् । नयाँ आर्थिक वर्षमा नयाँ लेखापाल ल्याउन उनलाई रास्वपाकै सांसद गुहार्न परिरहेको छ । हाल नगरपालिकामा कार्यरत लेखापाल लोक बहादुर नेपालीलाई फिर्ता गराएर आफ्नो अनुकुल काम गरिदिने लेखापालको खोजीमा मेयर यादव नगरपालिकाकै गाडीमा आफ्ना केही सहयोगीसहित मङ्गलवार काठमाडौँ पुगेका हुन् ।

मेयर यादवले खाजेर राखेको सहायक लेखापाल हिरावन यादवलाई नगरपालिकामा ल्याउन रास्वाका सांसद तपेश्वर यादवबाट महालेखा नियन्त्रक कार्यलयमा भनसुन गराउन काठमाडौँ पुगेको बुझिएको छ । स्रोतका अनुसार यो समचार तयार पर्दासम्म सांसदसँग मेयरको प्रत्यक्ष भेट भएको छैन् । फोनमा मात्रै कुरा भइरहेको छ ।

ती स्रोतका अनुसार सांसदसँग मेयरको सम्बन्ध राम्रो रहेको हुनाले सांसदबाटै महालेखा नियन्त्रक कार्यलयमा भनसुन गराएर हालका लेखापाल फिर्ता पठाउन लगाउने र नयाँ लेखापाल ल्याउने योजना रहेको बुझिएको छ ।

केहि महिना आगाडी नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटनमा सिरहाबाट निर्वाचित सांसद यादवलाई नै प्रमुख अतिथि बनाइएको थियो । जबकी मर्यादाक्रममा प्रतिनिधिसभा सांसद भन्दा माथि रहेका मधेश प्रदेशका सभामुख रामअशिष यादवलाई बिशिष्ट अतिथि बनाइएको थियो । सभामुख हुदाँहुँदै सांसद यादवलाई खुसी पार्न मेयरले उनलाई प्रमुख अतिथि बनाएपछि आलोचना समेत भएको थियो ।

मेयर निकट स्रोतका अनुसार सांसदलाई प्रमुख अतिथि बनाउनुको मुख्य दुईटा कारण थियो । पहिलो फाल्गुनको चुनावपछि रास्वपा नेतृत्वमा सरकार बनेसँगै देशभर रास्वपाप्रति लहर देखेपछि मेयर पनि रास्वपामा प्रवेश गर्ने मनस्थिति बनाइएको र दोस्रो नगरपालिकामा कर्मचारी हेरफेर गर्नुपर्दा सांसद यादवबाट सहयोग लिने उदेश्य रहेको थियो ।

प्रतिक्रिया
    ट्याग: