माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस

रौतहट। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ। प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस भएका हुन्।

यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ। रौतहट क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिश गरिएको छ।

प्रतिक्रिया