टिच फर नेपालको ‘इन्फो सेसन’ जनकपुरधाममा सम्पन्न

जनकपुरधाम । जनकपुरधामका युवाहरुलाई टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जनकपुरधाममा आयोजित कार्यक्रममा सयौँ युवाहरुको बिच फेलोशिप कार्यक्रमका बारे जानकारी गराइएको थियो । कार्यक्रममा सिन्धुली, बारा, धनुषा, महोत्तरी लगायत जिल्लाबाट युवाहरुको प्रतिनिधित्व रहेको थियो ।

नेपालमा सार्वजनिक शिक्षा सुधारमा कार्य गर्दै आएको टिच फर नेपालले कोरोना अघि आफ्ना २० बढि फेल्लोलाई शिक्षकको रुपमा पठाईसकेको छ । त्यस्तै मधेसको शिक्षामा थप सवलिकरण गर्न तथा मधेशका युवालाई अवसर प्रदान गर्न टिच फर नेपाल इन्फो सेसनको आयोजना गरेको बारे टिच फर नेपालका प्रतिनिधि सौरभ रेग्मीले बताए ।

कार्यक्रममा सह संस्थापक स्वस्तिका श्रेष्ठको प्रस्तुतिकरण रहेको थियो । श्रेष्ठले मधेसका युवामा टिच फर नेपालको फेलोशिप अवसरको रुपमा रहेको बताउँदै सार्वजनिक शिक्षा सुधारमा केन्द्रित हुन सुझाव दिएकि छन् । उनले भनिन्, ‘शिक्षाको महत्व रोजगारसम्म मात्र नभएर स्वरोजगार तथा समाजमा रुपान्तणमा प्रयोग हुने हुनुपर्छ ।’ उनले पछिल्ला फेलोका सफलताको कथा सुनाउँदै असफलताबिच पनि सफलताका कथा बुन्न सक्ने कार्यको व्याख्या गरेकि थिइन् ।

त्यस्तै कार्यक्रममा युवालाई थप उत्साह तथा कार्यक्रमका बारे बताउँन मधेशमा रहेर फेलोशिप गरेका रुकमिनि मिश्र तथा दिव्यदर्षी नेपालसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । जसलाई टिच फर नेपालका प्रतिक धिमिरेले सञ्चालन गरेका थिए ।

टिच फर नेपालमा खुलेको फेलोशिप कार्यक्रममा फारम भर्ने अवधारणा तथा त्यसका माध्यमका बारेमा पनि सहजिकरण गरिएको थियो ।

प्रतिक्रिया