म्यादी प्रहरीका लागि आवेदन खुल्ला, १ लाख १५ हजारलाई म्यादी बन्ने अवसर

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षामा खटिन १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला भएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनको सेवा अवधिका लागि १ लाख १५ हजार म्यादी प्रहारीको भर्ना खुला गरेको हो ।

यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म कार्यालय समयमा फाराम भर्न सकिनेछ । सार्वजनिक बिदाका दिन पनि आवेदन लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिनेछ ।

यसअघि २०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन र गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला भर्ना भएका म्यादी प्रहरीलाई यसपटक प्राथमिकता दिइने भएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदमा आवेदन भरी शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेशपत्र पेस गर्नेहरूलाई पनि प्राथमिकता दिइने जनाइएको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया