राष्ट्रपतिले राजिनामा नदिएसम्म आन्दोलन रोकिदैन : प्रदेश साँसद साह

जनकपुरधाम । संघीय दुबै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले राजिनामा नदिएसम्म आन्दोलन जारी रहने मधेश प्रदेशका साँसद प्रमेश्वर साहले बताएका छन् ।
बुधबार जनकपुरधाममा राष्ट्रपति भण्डारी विरुद्ध गरिएको विरोध र्यालीमा सहभागि लोकतानित्रक समाजवादी पार्टीका साँसद साहले नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको हजारौं नेपाली नागरिकको नागरिकता पाउँने बाटो नागरिकता विधेयक रहेको र त्यो बाटो बन्द गर्नु राष्ट्रपतिले ठुलो अपराध गरेको बताए । राष्ट्रपतिले गरेको त्यो अपराधको कारण राजिनामा नदिएसम्म सडक र सदन सबै ठाउँमा विरोधका कार्यक्रमरु जारी राख्ने साँसद साहले बताए ।
देशका लागि कलंकित भएको बताउँदै उनी सयकडौं जवानको बलिदानीबाट स्थापना भएको गणतन्त्रमा राष्ट्रपतिले यस्तो कार्य गर्नु अनुचित भएको बताए ।






