धनुषाको नगराईनमा एमएससी नेपालको निःशुल्क मेडिकल क्याम्प

धनुषा । धनुषाको नगराईन नगरपालिका लगमामा निःशुल्क मेडिकल क्याम्प सम्पन्न भएको छ ।
एकदिने उक्त क्याम्पमा जनकपुरका प्रख्यात डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको छ ।
उक्त मेडिकल क्याम्पबाट स्थानीय र विद्यार्थीगरी करिब तीन सय जनाले सेवा प्राप्त गरेका थिए ।
मेडिकल एस्टुडेन्स् सर्कल, नेपाल नामक संस्थाले आयोजना गरेको मेडिकल क्याम्पमा विभिन्न रोग सम्बन्धी चिकित्सा तथा निःशुल्क औषधि वितरण गरेको संस्थाका अध्यक्ष मनोहर महासेठले नागरिक मिररलाई जानकारी दिए ।
यसअघि पनि एमएससी नेपालले ब्लड डोनेसन, माक्स वितरण एवं जानकी वृद्ध आश्रममा स्वास्थ सामग्री र फलफुल वितरण गरेको थियो ।
शिविरमा मुटुरोग विशेषज्ञ डा. अजय कुमार मिश्र, कोलाट्रल सर्जन डा. राकेश साह, इन्टर्नल मेडिसिन बलराम मण्डल, फिजिशियनहरू डा. सरोज साह र डा. सरोज रत्न साह अनि दन्त रोग विशेषज्ञ डा. मिसा महाषेठले सेवा दिएका थिए ।








