जसपाका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण काँग्रेसमा, धनुषा ४(क) मा भिड्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेसका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आइतबार धनुषाको लक्ष्मिनीयामा उनी कांग्रेस प्रवेश गरेका हुन्।

धनुषा ४(क) बाट जसपाका तर्फबाट टिकट नपाएपछि उनी असन्तुष्ट बनेका हुन्।

यादवलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट कांग्रेसले टिकट दिने आश्वासन दिएको बताइएको छ।

वरिष्ठ उपाध्यक्ष यादवसँगै प्रदेस कमिटीकै बजरंग यादव, डा.शत्रुध्न यादवलगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

जसपाकी नेतृ एवं मधेस प्रदेसका अर्थराज्यमन्त्री उषा यादवले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।

त्यस्तै जसपाका केन्द्रीय सदस्य अरुण सिंह, धनुषा जिल्ला उपाध्यक्ष अम्भु साहलगायतका नेताहरू स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका छन्।

प्रतिक्रिया