समाजवादी युवा संघ मधेश प्रदेश युवा समितिका मुख्यसचिव यादवद्वारा राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टी निकट भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घका केन्द्रीय सदस्य एवम् मधेश प्रदेश युवा समितिका मुख्यसचिव ओम यादव (मनिष) ले पदबाट राजीनामा दिएका छन्।
आज राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीप्रति असन्तुष्टि जनाउँदै आफूले दुवै पदबाट राजीनामा दिएको बताएका हुन् ।
उनले पार्टीमा बाह्य शक्तिको हस्तक्षेप र स्वार्थ केन्द्रित गतिविधिले पार्टीको सिद्धान्तमाथि घात भएको पनि बताएका छन्।
राजीनामा पत्र :


प्रतिक्रिया






