ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पदाधिकारी चयन

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको कार्यसमिति विस्तार गरिएको छ ।

कार्यसमितिको २ सय ७९ औं बैठकले विधानअनुसार अध्यक्ष पद्मिनी प्रधानाङ्गले आगामी दुई वर्षका लागि कार्यसमिति विस्तार गरेकी हुन् ।

संस्थाको उपाध्यक्षमा वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती, महासचिवमा चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा र कोषाध्यक्षमा समाजसेवी सुनिता गुरुङ्ग मनोनित भएका छन् ।

असोज ७ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाबाट निर्वाचित सदस्यहरूमध्येबाट उक्त मनोनयन भएको हो । कार्यसमितिका अन्य सदस्यमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, वरिष्ठ पत्रकार सिताराम अग्रहरि, उद्योगी महेन्द्र नारायण श्रेष्ठ, वरिष्ठ पत्रकार हरिबहादुर थापा र राष्ट्रिय व्यावसायिक पहल (प्रतिनिधि, सरोज पाण्डे) रहेका छन् ।

प्रतिक्रिया