महोत्तरीको पररियामा सम्प्रदायिक झडप, तिनदर्जन प्रहरीको सुरक्षा

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका स्थित पररियामा हिंदू र मुस्लिम समुदायबिच सम्प्रदायिक झडप भएको छ । पररिया देखि गेरुका नदीमा मुर्ति भसाउने क्रममा विवाद हुँदा दुई तर्फी झडप भएको हो ।

यमपञ्च अर्थात् दिपावलीको अन्तिमदिन भाईटिकाको साईतमा पुजापाठ गरेर मुर्तिलाई भसाउन लैजादा विवाद भएको थियो । भसाउन नमिल्ने भन्दै विवाद भएपछि दुवै पक्षबाट एकअर्कालाई ढुंगा मुढा प्रहार भएको थियो ।

स्थिति तनावपूर्ण बनेपछि अहिले शान्ति सुरक्षाका निम्ति जिल्ला प्रहरी कार्यालयबाट तिनदर्ज बढी सुरक्षाकर्मीको तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख कृष्ण प्रसाद पंगेनीले नागरिक मिररलाई जानकारी दिए।

उनका अनुसार सामान्य अवस्थामा ल्याउन कडा सुरक्षा व्यवस्था मिलाईएको समेत बताए । झडपमा कुनैपनि अप्रिय घटना नभएको समेत पुष्टि गरेका छन् ।

प्रतिक्रिया
    ट्याग: