महोत्तरीमा हिन्दु-मुस्लिमबीचको विवाद साम्य पार्न ८ बुँदे सहमति

महोत्तरी । महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका विषयमा दुई पक्षबीच सहमति जुटेको छ । शुक्रबार दुई पक्षबीच ८ बुँदे सहमति भएको हो ।
बिहीबार भाइटिकाको दिन पडरियाबाट हिन्दु सम्राट सेनाले श्री रामको नारा लगाउँदै ¥याली निकाल्दा मुस्लिम समुदायका मान्छेहरूले ढुंगामुढा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । झडपमा दुवै पक्षबीचका केही व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया






