अष्ट्रेलियाको राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्व मनाईदै [फोटोफिचर]

अष्ट्रेलिया(क्यानवेरा) । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा पहिलो पटक छठ पर्वको आयोजना भएको छ । लोक आस्थाको महान एवम कठोर पर्व नेपालीहरुे क्यानवेराको यारालुम्ला लेकको किनारामा भब्यताका साथ आइतबार साझ सझिया घाट मनाएका हुन् । सोमबार बिहान भोरका घाट मनाउने छन् ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ, महेन्द्रनगरका लक्ष्मण महतो र प्रमिला महतोको अगुयायमा क्यानवेरामा पहिलो पटक छठ मनाएका हुन् ।

महतो दम्पतिका जेष्ठ सुपुत्र रितेश महतो र बुहारी सिमा सरगम अष्ट्रेलियाका स्थायी बासिन्दा हुन् ।

भ्रमणका क्रममा महतो दम्पति क्यानवेरामा रहेकाले यहि नै छठ पर्व मनाएका हुन् ।

अष्ट्रेलियाको प्रमुख शहरहरु सिड्नी र मेलबर्नमा पनि स्थानिय मधेशी समाजको अगुयायमा भब्यताका साथ छठ मनाएका छन् । क्यानवेरामा पहिलो पटक भए पनि सिड्नी र मेलबर्नमा भने विगत एक दशक भन्दा पहिले देखि भब्य रुपमा छठ पर्वको आयोजना हुदै आएको छ ।

प्रतिक्रिया