जनताको समस्या समाधान गर्न एमाले जित्नै पर्छ : नेता झा

जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नम्बर दुईको ’ख’ प्रदेशसभा सदस्य उम्मेदवार संजीव कुमार झा (सुरज) ले यस क्षेत्रका जनताको हरेक समस्या समाधान गर्न एमालेको प्यानल जित्नैपर्ने बताएका छन्।

उनले शनिबार चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुगी आसन्न निर्वाचनमा आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको सुखदुखमा साथ खडा हुने र जनताले भोग्नुपरेको पिडा अन्त्य गर्न तयार रहने बताएका छन् । उनले भने’ अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधि बितेको पाँच वर्षमा मतदाता ठग्ने र केहि कार्यकर्तालाई पाल्ने बाहेक केहि गर्न नसकेको आरोप लगाए ।’

प्रदेशसभा निर्वाचन क्षेत्र बिकासको नाममा पाएको रकमबाट जनताले बिकासको अनुभुती गर्ने ठोस काम नगरेको भन्दै आगामी निर्वाचनमा आफूले जितेपछि आफ्नो कार्यकालमा जनताले अनुभुती गर्नसकिने काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले भने ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि भएको महसुस गर्न पाएको छैन ।’

अघिल्लो जनप्रतिनिधिले बिकास भने सामुदायिक भवन निर्माण र पोखरी सरसफाई मात्रै बुझेको आरोप लगाउँदै भने ’आफूलाई निर्वाचित गराएर पठाए जनताको मुख्य समस्या समाधान गर्ने तर्क गरे । यहाँका जनता कृषिकर्ममा आधारित छ । तर, जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो ? शिक्षा क्षेत्रमा कति काम ग¥यो, स्वास्थ क्षेत्रमा के परिवर्तन ग¥यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेको बताए ।’

मतदाताले विगतमा दिएको मतादेशको लेखाजोखा नगरी फेरि त्यस्तै उम्मेदवारलाई मत दियौं भने पाँच वर्षसम्म फेरि त्यस्तै झुठो खेती गर्ने नेताबाट शासित हुनुपर्ने बताएका छन् ।

‘चुनाव जितेपछि जनप्रतिनिधि हराउने गरेको मतदाताको साझा गुनासो रहेको छ । आफू अहिले मत माग्न जनताको घरदैलोमा आएको छुँ । निर्वाचित भएपछि जनताको समस्या सुन्न र बुझ्न हाम्रो घरदैलो पाँच वर्षसम्म जारी रहने बताए ।’

धनुषा निर्वाचन क्षेत्र नम्बर दुईको ’ख’ प्रदेशसभा सदस्यको लागि जसपाबाट निवर्तमान प्रदेशसभा सदस्य रामअषिश यादव, एकीकृत समाजवादीबाट शैलेन्द्र कुमार यादव, र सत्तारुढ गठबन्धनबाट माओवादीका श्यामकुमार यादव उम्मेदवार बनेको छ ।

माधवकुमार नेपाल नेतृत्वमा रहेको एकीकृत समाजवादी सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेपनि धनुषा दुईमा छुट्टाछुट्टै उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया