बारामा लौरो चुनाव चिह्नको लहर, उम्मेदवारलाई फुलमालाले स्वागत

बारा । वैकल्पिक शक्तिको रुपमा रहेको लौरो अभियान अन्तर्गत आसिन स्थानिय तहको निर्वाचन पछि उदय भएको यो अभियान प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी मैदानमा धेरै क्षेत्रमा उम्मेदवारीसहित देखिएको छ ।
लौरो अभियानमा ठूलो युवा शक्ति र बौद्धिक समुह नै सक्रिय देखिन्छ । जहाँ केहि खुलेर लागेका छन् भने केहि भित्रीरूपमा सल्लाहकार जस्तै देखिएका छन्।
गत स्थानिय चुनावमा भिम उपाध्याय, ई.रोहन कार्की, अनन्तराज घिमिरे लगायतले काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन अहम भूमिका खेलेका थिए र त्यहि समुह चुनाव पछि सङ्गठित रूपमा अगाडि बढेको देखिन्छ ।

हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता गर्दै लौरो चुनाव चिह्न सुरक्षित गरिएको छ र यसका अध्यक्ष अनन्तराज घिमिरे रहेका छन भने केन्द्रिय प्रवक्ता ई. रोहन कार्की छन्। सम्भवतः मङ्सिर ४ गतेको चुनावमा प्रतिनिधि सभा र प्रदेश सभामा राम्रो मतसहित राम्रो सङ्ख्यामा उम्मेवार जिताउन सके लौरो अभियान र हाम्रो नेपाली पार्टी देशको वैकल्पिक शक्ति र युवाहरूद्वारा सञ्चालित नेपालको पहिलो शक्तिशाली पार्टीको रूपमा उदय हुनेछ।
यसै अभियान अन्तर्गत बारा क्षेत्र नं ३ (क) बाट मधेश प्रदेश सभा सदस्यका उम्मेदवार रहेका शिवनाथ प्रसाद पटेलको अभियान पनि जन–स्तरमा भव्य देखिन थालेको छ ।
नयाँ अनुहारको खोजीमा रहेका जनताले पटेललाई फुलमाला लगाउँदै स्वागत गरिरहेका छन् ।

विगतका पार्टी र पार्टीका नेता एवम् निर्वाचित प्रतिनिधिहरूबाट त्रसित एवम् दुखि रहेका जनता विकल्प र युवाका साथ अभियानमा लागेको देख्न सकिन्छ ।
देशभर स्वतन्त्रतको चर्चा भइरहँदा नेता पटेललाई साथ र सहयोग गर्ने स्थानिय नेता, युवा कार्यकर्ताहरू पनि अगाडि बढेको देखिन्छ ।
हालसम्म बालेन यस अभियानबारे खुलेर बोलेका त छैनन् र खुलेर यसको विपक्षमा पनि देखिएका छैनन् । तर, स्थानीय तहमा भएको उनको जितले लौरौ चुनाव चिह्नमा मतदान गर्न बारा ३ (क) का मतदाता आतुर छन् ।






