काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएको हो ।
थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया






