धनुषा–२(२)मा रामआशिष यादव दोस्रोपटक निर्वाचित

जनकपुरधाम । धनुषा क्षेत्र नं २ को (२) मा जनता समाजवादी पार्टी नेपालका रामआशिष यादव दोस्रोपटक निर्वाचित भएको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका पूर्वअध्यक्ष रहेका यादव १० हजार छ सय १४ मत ल्याएर निर्वाचित भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार यादवले नौ हजार पाँच सय ६६ मत ल्याएको छ ।
यस्तै नेकपा (एमाले)का सञ्जीवकुमार सुरजले नौ हजार दुई सय चार मत पाएको छ ।
प्रतिक्रिया






