सिरहा–४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै जनमत पार्टीका साह विजयी

सिरहा । सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएको छ । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का महेन्द्र पासवानलाई पराजित गरेको हो ।
निर्वाचन क्षेत्र नं ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार साहले आठ हजार दुई सय २९ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी पासवानले सात हजार ८३ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा (एमाले)का प्रकाश महासेठले छ हजार आठ सय ७८ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया






