धनुषा–३ मा एमालेकी जुली महतो निर्वाचित

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएको छ । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएको हो ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेको छ भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका गरेको छ । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेको हो । दुईपटक समानुपातिक सांसद हँुदै मन्त्रीसमेत बनेको थियो ।

यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

प्रतिक्रिया