धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी भएको छ ।
पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी तेस्रोपटक निर्वाचित भएको हो । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएको थियो ।
तीन दशकदेखि राजनीतिमा क्रियाशील उहाँले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएको थियो । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भयो ।
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएको छ । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनेको थियो






