राजनीतिक दल जिम्मेवार नभएसम्म महिलाको अधिकार सुनिश्चित हुनसक्दैन : आयुक्त पौडेल

जनकपुरधाम । राष्ट्रिय महिला आयोगको प्रमुख आयुक्त कृष्ण कुमारी पौडेलले राजनीतिक दल जिम्मेवार नभएसम्म महिलाको अधिकार सुनिश्चित हुन् नसक्ने बताएकी छिन् ।
लैङ्गिगकको अधारमा हुने हिंसाको रोकथाम र सम्बोधन र सुरक्षीत सम्प्रेषण सम्बन्धी दुईदिने कार्याशाला गोष्ठीको सम्बोधन गर्दै आयुक्त पौडेलले राजनीतिक दलले सक्रियता नदेखाएसम्म महिला हिंसाको घटना रोकथाम गर्न नसक्ने उनले बताए ।
पौडेल आयुक्तले राजनीतिक दललको केन्द्रदेखि वार्डसम्म संगठनले महिला हिंसा रोक्न भूमिका खेल्नु पर्ने बताएकी छिन् ।
महिलालाई सामाजिक, राजनीतिक, आर्थिक लगायत सबै क्षेत्रमा सशक्तिकरण गर्दै समानुपातिक र अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरे मात्रै महिलाको स्तरलाई सुधार्न सक्ने उनको भनाई रहेको छ ।
त्यस्तै सो कार्यक्रममा मधेस प्रदेशमा हुने लैङ्गिगक हिंसा रोकथामा तथा न्यूनिकरण गर्नकालागि मधेस प्रदेशको आठैजिल्लामा जिल्ला विकास समन्वय समिति(जिबिबि)को समिति गठन गरिएको छ ।






