वाईसिएल धनुषाको वरिष्ठ उपाध्यक्षमा मण्डल

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) धनुषाको वरिष्ठ उपाध्यक्षमा जय प्रकाश मण्डल चयन भएका छन् ।

जनकपुरधामस्थित वाईसिएलको पार्टी कार्यालयमा बुधबार भएको बैठकबाट मण्डललाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा जयकुमार यादव र सचिवमा विजय ठाकुरलाई चयन गरेको हो ।

संगठनका तत्कालिन सचिव शम्भु ठाकुरको केही दिनअघि मोटरसाईकल दुर्घटनमा मृत्यु भएपछि खाली रहेको पदमा नयाँ कमिटि चयन गरिएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको ईन्चार्जमा विवेक यादवलाई चयन गरेको छ ।

प्रतिक्रिया
    ट्याग:
  • #YCL