टर्की र सिरियामा एका बिहानै ७ रेक्टरभन्दा बढीको भुकम्प, मृत्यु हुनेको सङ्ख्या ११ सयभन्दा बढी

एजेन्सी । टर्कीमा गएको भुकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ ।

टर्कीका राष्ट्रपति रेचप अर्दोआनले भुकम्पका कारण टर्कीमा मात्रै हालसम्म ११ सयभन्दा बढीको मृत्यु भएको र ५ हजार ३ सय ८३ जना घाइते भएको जानकारी दिएका छन् ।

उनले राहत र उद्धार कार्य अहिले पनि जारी रहेको र मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने बताए ।

टर्कीमा सोमवार दुई वटा शक्तिशाली भुकम्प गएको थियो । जसमा ७ दशमलव ८ रेक्टरस्केलको गति मापन गरिएको थियो । भुकम्प पछि टर्की सरकारले आपतकालको घोषणा गरेको छ ।

अमेरिकी भूगर्भीय सर्वे ‘यूएसजीएस’ के अनुसार भूकम्पको पहिलो केन्द्र सिरियाको सीमा नजिक कहमानमारशमा महसुस गरिएको थियो । जसको तीव्रता ७ दशमलव ८ रेक्टरस्केल मापन गरिएको थियो । त्यसको केही समयपछि टर्कीमा भुकम्पको अर्को झट्का मापन गरिएको थियो ।

भुकम्प टर्कीको राजधानी अङ्कारा र अर्को पराकम्प लेबनान, सिरिया, साइप्रस, प्यालेस्टाइनमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया