अख्तियारको निबन्ध प्रतियोगितामा धनुषाका महतो भए प्रथम

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले आयोजना गरेको निबन्ध प्रतियोगितामा धनुषाको जनकपुरधामस्थित मोनाष्टिक कलेज कक्षा ११ मा कानुनी संकायमा अध्ययनरत दिवेश कुमार महतोले प्रथम स्थान ल्याएको छ । निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्दै विद्यार्थी महतोले प्रथम स्थान प्राप्त गरेका हुन् ।

धनुषाको मिथिला नगरपालिका –२ नक्टाझिज बस्ने हरिहर महतोका छोरा दिवेश कुमार महतोलाई शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको ३२ औं स्थापना दिवसको अवसरमा पुरस्कार स्वरुप प्रमाण पत्र र १२ हजार नगद प्रदान गरेको छ ।

यस्तै प्रतियोगिताको दोस्रो स्थान ल्याएका भएका सिन्धुली जिल्लाको सिध्द्धस्थली इङलिस बोर्डिङ स्कुल कमलामाई नगरपालिका –६ का दिवस कुमार थापालाई ९ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ भने तेस्रो स्थान ल्याएकी सर्लाही जिल्लाको श्री मंलगवा ग्रिन ल्याण्ड इङलिस बोर्डिङ स्कुल मंलगवाका मिताली कुमारी झालाई ७ हजार ५ सय नगर सहित प्रमाण पत्र प्रदान गरिएको छ अख्तियारको कार्यालय बर्दिवासले जनाएको छ ।

“मिलेर फालौं भ्रष्टाचारको जालो, सुशासन प्रवद्र्धनमा गरौं हातेमालो’’ मुल नाराका साथ अख्तियारले आफ्नो ३२ स्थापना दिवस मनाएको छ । अख्तियारको कार्यलय बर्दिवासमा कर्मचारीहरुकै बिच विभिन्न प्रतियोगिताहरु गराएर ३२औं वार्षिक स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवास कार्यलयका प्रमुख गोपाल कुमार अधिकारीले बताए । स्थापना दिवसको अवसरमा पारेर कार्यलयले माध्यमिक तह अन्तर्गत कक्षा–९,१०,११ र १२ का विद्यार्थीहरुका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धि निबन्ध प्रतियोगिताको आयोजन गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको मातहतमा रहेको धनुषा ,महोत्तरी ,सर्लाही ,सिरहा, रामेछाप, खोटाङ , ओखलढुङ्गा , सोलुखुम्बु , सिन्धुली गरी जम्मा ९ जिल्लाका कक्षा ९ देखि कक्षा १२ सम्मको जम्मा ८२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया