रुस-युक्रेन युद्धको एक वर्षः कोही नझुक्ने पक्षमा

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको एक वर्ष पूरा भएको छ । सन् २०२२ को फेबु्रअरी २४ का दिन रुसले पहिलो आक्रमण गरेर युक्रेनसँगको युद्ध सुरु गरेको थियो । यी दुई मुलुकबीच युद्ध सुरु हुँदा बढीमा एक हप्ता वा १० दिनसम्म मात्रै युद्ध चल्ने विश्वका कतिपय विश्लेषकहरूले अनुमान लगाएका थिए । तर, सबैको अनुमान गलत सावित भयो । १२ महिना बितिसक्दा पनि दुबै मुलुकबीचको युद्ध जारी नै छ ।

युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने आँकलन गत वर्षको जनवरीबाटै गरिँदै थियो । विश्वका विभिन्न मुलुक विशेषगरी अमेरिकाले रुसले युक्रेनी सीमानामा गरिरहेको गतिविधिलाई नजिकबाट नियाली रहेको थियो । उसैले युक्रेनी सीमानामा रुसी सेनाले गरेको गतिविधिलाई स्याटेलाईटको माध्यमबाट सार्वजनिक पनि गर्यो । तर, रुसले भने सँधै अमेरिकी एजेन्सीको उक्त दावीलाई अस्विकार गरिरह्यो । अन्ततः अमेरिकाले भनेको कुरा सत्य भयो । रुसले गत वर्षको फेबु्रअरीमा युक्रेनमाथि पहिलो आक्रमण गर्दै उसका विमानस्थललाई ध्वस्त बनाइदियो ।

एकपछि अर्को गर्दै रुसले युक्रेनलाई परास्त गर्न खोजिरह्यो र अभैm प्रयास गरिरहेको छ । तर, युक्रेनले भने हार मानेको छैन । युद्धका कारण हालसम्म युक्रेनका ८० लाखभन्दा बढी मानिस पलायन भइसकेका छन् भने युद्धमा सहभागीमध्ये १ लाख ४५ हजारभन्दा बढी रुसी सैनिक मारिएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार युद्धमा परी हालसम्म ८ हजारभन्दा बढी युक्रेनी नागरिकको पनि मृत्यु भइसकेको छ । जसमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला रहेका छन् ।

राष्ट्र सङ्घका अनुसार युद्धभरको अवधिमा १३ हजारभन्दा बढी मानिस घाइते भएका छन् । ४ सय ८७ जना बालबालिकाको पनि मृत्यु भएको छ भने ९ सय ५४ जना बालबालिका घाइते छन् ।

युद्धमा विद्यालय, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय लगायत पनि ध्वस्त भएका छन् । जारी युद्धमा रुसले हालसम्म युक्रेनको डोनेत्स्क, लुहान्स्क, उत्तरपूर्वमा जापारिजिया, ओडेसा, मारियोपुल लगायतका क्षेत्र कब्जामा लिएको छ ।

दुई मुलुकबीचको युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित बन्यो । महँगी बढ्यो । इन्टरनेशनल मोनेटरी फन्ड (आईएमएफ) का अनुसार सन् २०२३ मा विश्वव्यापी कुल गार्हस्थ ३ दशमलव २ रहने अनुमान गरेकोमा युद्धका कारण त्यसलाई घटाएर २ दशमलव ९ प्रतिशत बनाइएको छ ।

कसरी सुरु भयो युद्ध ?
९ वर्ष अघि नै युक्रेन र रुसबीचको विवाद सुरु भयो । कुनै बेला शोभियत सङ्घको सदस्य रहेको युक्रेनले रुस समर्थित राष्ट्रपतिलाई पदबाट हटाएपछि दुई देशबीच विवाद सुरु भएको मानिन्छ । सन् २०१३ मा युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचलाई रुसको समर्थन थियो । अमेरिका, बेलायतको विरोधमा थियो । सन् २०१४ मा राष्ट्रपति यानुकोभिच विरोधको सामना गर्न नसकेर देश छोडेर भाग्नुप¥यो ।

आफू समर्थित राष्ट्रपतिले देश छाडेपछि रुसले युक्रेनको दक्षिणी भाग क्रिमियामाथि कब्जा ग¥यो र फरक मत राख्नेको पक्षमा उभियो । जानकारहरू त्यहि बेलादेखि रुस र युक्रेनबीच विवाद सुरु भउक्ँे ठँनछन्् । सन्् २०१५ मा फ्रान्स र जर्मनीले बेलारुसको राजधानी मिन्स्कमा रुस–युक्रेनबीच शान्ति सम्झौता गराउँदै सङ्घर्ष विरामको सहमति बन्यो । तर, रुसले सम्झौताको उल्लङ्घन गर्दै आएको युरोपको आरोप छ ।

१९४९ मा शोभियत सङ्घसँग प्रतिस्पर्धा गर्न गठित नेटो सेना, जहाँ अमेरिका, बेलायतसहित विश्वका ३० मुलुक आवद्ध छन् । युक्रेन नेटोको सदस्य नभए पनि उसको समर्थनमा छ, जुन रुसलाई चित्त बुझेको छैन । रुसविरुद्धको गतिविधि गर्ने हो भने युक्रेनले नराम्रो नतिजा भोग्नुपर्ने रुसको चेतावनी छ ।

वाक युद्धमा सीमित युक्रेन–रुसको विवाद गत वर्षको अप्रिलबाट चर्कियो । रुसलाई अघोषित रुपमा चीनले सहयोग गर्दै आएको छ भने युक्रेनलाई युद्धमा आवश्यक सामग्री, हातहतियारसहित अमेरिका र पश्चिमा मुलुकले दिएर सहयोग गर्दै आएको छ ।

युद्ध सुरु भएको दसौं दिनमा रुसले मानवीय सहायताका लागि केही क्षेत्रमा युद्धविरामको घोषणा ग¥यो । तर, त्यो लागू भएन । वार्ताको प्रयास पनि गरियो, तर त्यो सफल भएन । युद्धको बेला रुसले पटकपटक परमाणु आक्रमणको पनि चेतावनी दियो र दिँदै आएको छ । तर, आक्रमण गरिहालेको भने छैन ।

युक्रेन रुक्ने पक्षमा छैन भने रुसले आक्रमणलाई थप शसक्त बनाउँदै लगेको छ । पछिल्लो एक सातादेखि रुसले फेरि आक्रमणलाई तीव्र बनाएको छ । युक्रेनका विभिन्न उर्जा केन्द्रलाई रुसले ध्वस्त बनाइसकेको छ । खाद्यान्न, विजुली, सञ्चारको समस्या पनि उत्पन्न भइरहेको छ । तर, दुबै मुलुकका सेना भने पछि हट्ने मनस्थितिमा देखिँदैनन् ।

संयुक्त राष्ट्र सङ्घको विशेष बैठक र महासभामा रुसलाई शान्ति र युद्ध विरामका लागि भनिए पनि उसको विपक्षमा मतदान भए पनि कुनै प्रभाव परेको छैन । रुसले युक्रेनलाई परास्त गर्न अब विशेष सैन्य अभियानको थालनी गर्ने योजना बनाएको छ ।

हालसम्मको अवस्थामा कुन मुलुकले युद्ध जित्छ भन्ने आँकलन गर्न नसकिए पनि युद्ध अझै लम्बिने आशङ्का गरिएको छ ।

प्रतिक्रिया