मधेसका शिक्षामन्त्री यादव दलित बस्तीको विद्यालय अनुगमनमा

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा, विज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले दलित बस्तीमा रहेको समुदायीक विद्यालयको अनुगमन गरेका छ्न।
बिहिवार धनुषाको धनौजी गाउँपालिका –४ मा खडरिया रहेको राष्ट्रिय आधारभुत विद्यालयको अनुगमन गरेका हुन्। मन्त्री यादवले अनुगमन गरेपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले यस विद्यालयमा ८० प्रतिशत दलित समुदायकै विद्यार्थीहरु अध्ययनरत रहेको बताए।
सो विद्यालय रहेको समस्याबारे जानकारी लिदैं मन्त्री यादवले विद्यालयमा रहेको समस्यहरुलाई समाधान र मधेश प्रदेशलाई साक्षर घोषणा गराउनको लागि आफुले मधेश सरकारबाट आवश्यक पहल गरिने बताएको छ।
प्रतिक्रिया






