भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन

एजेन्सी । भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ ।
बलिउडका लोकप्रिय फिल्मकार कौशिकको ६७ वर्षको उमेरमा हृदयघातका कारण मृत्य’ भएको बताइएको छ ।
कौशिकका भदा निशान कौशिकले उनको निधनको पुष्टि गरेका हुन् ।
होली मनाउनका लागि आफ्नो साथीको घर दिल्लीस्थित गुरुग्राम गएको बेला कौशिकलाई हृदयघात भएको थियो । उनलाई त्यसैबेला फोर्टिस अस्पताल लगिएको थियो । तर, उनलाई बचाउन सकिएन ।
पछिल्लो समय बलिउडका अधिकांश कलाकारहरूको हृदयघातका कारण निधन भएको छ ।
प्रतिक्रिया






