गठबन्धनबाट जसपाका यादव बने उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौँ । जसपा नेपालबाट रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीको निर्णयअनुसार यादव शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् ।

त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

प्रतिक्रिया