काठफोर्डमा स्ववियु : विद्यार्थीको हक सुनिश्चित गर्ने एजेण्डामा अनेरास्ववियुकाे जाेड

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सर्गर्मी बढ्दो छ । त्रिविको कार्यतालिका अनुसार यहि ५ चैतमा हुने निर्वाचनको लागि राजनीतिक दलहरु चहलपहलमा छन् । काठफोर्ड कलेजमा पनि उम्मेदवारहरुको दौड विद्यार्थीको मुद्धामा केन्द्रित देखिन्छ । त्यस्तै अन्यदल भन्दा फरक तथा आफ्नो पक्षमा मतपार्न कन्द्रित र उम्मेदवारहरुको दैडमा छन् अनेरास्ववियुका सभापति पदका उम्मेदवार सुनिल सिंह ठकुरी ।
उनि आफ्नो प्यानललाई विद्यार्थीमाँझ विद्यार्थीको मुद्धामा केन्द्रित राजनीति गर्नपर्नेमा जोड दिन्छन् । उनि भन्छन्, ‘स्ववियु आम विद्यार्थीको मुद्धालाई सरोकारवालासंग केन्द्रित गर्ने महत्वपुर्ण पुल हो । जसलाई विद्यार्थी राजनीतिक यात्राको जोडमा लिएर जानपर्ने हुन्छ ।’ पछिल्लो समह विद्यार्थी राजनीतिमा घिनलाग्दो माहोल चलिरहेको छ । यो बिच विद्यार्थीको मुद्धामा अनेरास्ववियु काठमाडाैँका सभापति पदका उम्मेदवार ठकुरी भने आफ्नो कलेजमा भएका विद्यार्थीहरुको मुद्धालाई केन्द्रित राखेर स्ववियु निर्वाचनमा हाेमिदै छन् ।
काठमाडौँको काठफोर्ड कलेजका विद्यार्थीहरुको मूद्धामा केन्द्रित राजनीतिहुनु पर्नेमा पुरातनवादी विचारको राजनीति परास्त गर्न आफ्नो प्यानल सहितको दावेदारी दिएको बताउँछन्, सभापति पदका प्रत्यासी ठकुरी ।
त्यस्तै प्यानलबाट समानुपातिक उम्मेदवार सुदिप कोइरालाले पनि विद्यार्थीको हक हित र विद्यार्थीको सवालमा विद्यार्थीले राजनीति गर्न जोड रहेको बताउँछन् । उनि भन्छन्, ‘विद्यार्थी राजनीतिको आडमा हिँसात्मक गतिविधि हुनुभन्दा पनि विद्यार्थीको सवाललाई प्राथमिकतामा राख्न पर्छ ।
त्यस्तै निर्वाचनमा आम विद्यार्थीहरु हर्षित रहेको देखिन्छ । आम विद्यार्थीको समस्यालाई केन्दि«त गर्न सम्पुर्ण विद्यार्थी दलहरुको दौडधुप तिव्र छ । तर, यस पटक विद्यार्थीको अपेक्षामा विगतमा भएको ‘कन्क्रिट र टोस’को ल्यावको आन्दोलन तथा कोरोना कहरमा सेमेस्टर शुल्क १५ प्रतिशत सहुलियतको व्यवस्था गर्न गरिएको आन्दोलनको जगमा आम विद्यार्थीले अनेरास्ववियुलाई नै मतदान गर्नेमा विश्वस्त रहेको बताउँछन् समानुपातिक सदस्य उम्मेदवार सुदिप कोइराला ।






