मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई थप जिम्मेवारी

जनकपुरधाम । प्रदेश प्रमुख हरिशंकर मिश्रले रिक्त रहेका मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्ने गरी तोकेको छ ।

प्रदेश प्रमुखको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

नेकपा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मन्त्रालय रिक्त भएको थियो ।

प्रतिक्रिया