सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा मृत्यु भएको हो ।
मुटुको बिरामी रहेको महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
केही सतायता सुदूरपश्चिममा कोरोना संक्रमितको बृद्धि हुँदै गएको छ ।
प्रतिक्रिया






