उखु किसनलाई अनुदान दिन सरकारद्वारा ८० करोड बजेट विनियोजन

काठमाडौं । सरकारले रासायनिक मलमा अनुदानका लागि ३० अर्ब रकम विनियोजन गरेको छ ।

एक सय स्थानीय तहमा धानमा आत्मनिर्भर हुनका लागि धानखेती गरिने सरकारले बताएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले प्राङ्गारिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर प्रोत्साहन गर्ने बताए ।

उनले उखु किसानलाई अनुदान दिनका लागि ८० करोड विनियोजन गरेको पनि बताए ।

साना किसान कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गर्ने, बाझो जग्गालाई चक्लाबन्दी गरेर उत्पादनमुलक बनाउने, कृषि उपजको बजार व्यवस्थापनका लागि शितभण्डार गर्ने लगायतका योजना पनि बजेटमा समेटिएका छन् ।

किसानले उत्पादन गरेको उत्पादनको उपजको उचित मूल्य पाउनका लागि पनि सरकारले विशेष ध्यान दिनेछ ।

प्रतिक्रिया
    ट्याग: