डोम, मुसहर, चमार लगायत समुदायका बालबालिकालाई मेडिकल शिक्षामा छात्रवृति दिइने

काठमाडौं । सरकारले विद्यालयमा बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने विषयका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले मातृ भाषामा शिक्षालाई प्राथमिकता दिँदै बालिकालाई शिक्षाको पहुँचमा ल्याउन कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले विद्यालय उमेर समूहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिने र यसबाट १० लाख छात्राहरू लाभान्वित हुने पनि बताए ।

डोम, मुसहर, चमार लगायत समुदायका मेडिकल शिक्षामा छात्रवृति दिइने कार्यक्रमलाई निरन्तरता दिइने छ ।

विद्यालयमा खुला रुपमा प्राधानाध्यापक चयन गर्ने स्थानीय तहलाई प्रोत्साहन गरिने छ ।

मधेश प्रदेशको बर्दिबासमा मेडिकल कलेज स्थापनका लागि बजेट विनियोजन गरिएको छ ।

एक खर्ब ९७ अर्बभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
    ट्याग: