भारतको ओडिशामा रेल दुर्घटना: २ सयभन्दा बढीको मृत्यु, ९ सयभन्दा बढी घाइते

काठमाडौं । भारतको ओडिशा राज्यमा रेल दुर्घटना हुँदा २ सयभन्दा बढी यात्रुको मृत्यु भएको छ ।

ओडिशाको बालासोर जिल्ला नजिकै हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किदा एकसाथ ३ वटा रेल दुर्घटनामा परेका छन् ।

दुर्घटना पछि रेलका बोगीहरू रेलवे लिकबाट झरेको बताइएको छ । जसका कारण अर्को दिशाबाट आइरहेको यशवन्तपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्कियो ।

ओडिशाकि मुख्य सचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा परी हालसम्म २ सय ४० जनाभन्दा बढीको मृत्यु भएको र ९ सय जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि उनले बताएका छन् ।

रेल मन्त्री अश्विनी वैष्णवले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन् भने गम्भीर घाइते भएकालाई २ लाख र सामान्य चोटपटक लागेकालाई ५० हजारका दरले क्षतिपूर्ति दिने बताएका छन् ।

प्रतिक्रिया
    ट्याग: