ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौँ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को टोलीले शाहलाई पक्राउ गरेको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीn] बताएको छ ।

ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेसँगै आजै पक्राउ पर्नेको संख्या ७ पुगेको हो ।

याे पनि :

प्रतिक्रिया