ललितानिवास जग्गा प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले नागरिक मिररलाई जानकारी दिए ।
गुरुङलाई प्रहरीले उनकै निवास नक्सालबाट पक्राउ गरेको सीआईबीकाे एक स्रोतले जनाएको छ । एआईजी बज्राचार्यले अपरेशन चलिरहेको र ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको बताइन् । पक्राउ परेका गुरुङ प्रहरीको फरारको सूचीमा थिए ।
गुरुङले मिलेमतोमा ललितानिवासको सरकारी जग्गा सबैभन्दा बढी खरिद गरेको पाइएको छ । ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।






