‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ नागरिकको विवाह दर्ता गर्न सर्वोच्चकाे आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। 

बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो ।

इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको छ। 

‘हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नू/गराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ। 

पिंकी गुरूङ भन्ने सञ्जीव गुरूङसहित ९ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए। 


No description available.No description available.

प्रतिक्रिया