धनुषाकाे एक वडा कार्यालयमा आगाे लगाउने प्रयास, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिकाकाे वडा नं. ८ मा अज्ञात समूद्वारा आगाे लगाउने प्रयास भएकाे छ ।
गए राती १२ देखि २ बजे मध्यरातमा अज्ञात समूहद्वारा सितानगर स्थित रहेकाे वडा कार्यालयकाे भवनकाे ढाेकामै माेबिल छर्केर लागाे लगाउने प्रयास गरिएकाे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ ।
प्रहरीका अनुसार वडा कार्यालयकाे ढाेकामा लगाइएकाे ताल्चा समेत फाेड्ने प्रयास भएकाे हाे । तर, ढाेकामा माेबिल छर्कीएकाे तथा ताल्चा फाेड्ने प्रयास भएपनि वडा कार्यालयमा कुनै पनि क्षती नपुगेकाे प्रहरीले जनाएकाे छ ।
यस विषयमा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएकाे छ ।
प्रतिक्रिया






