एमालेको विरोधपछि मधेस प्रदेश प्रदेशसभाको बैठक अवरुद्ध

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले अवरुद्ध गरेका छन् । अर्थमन्त्री सञ्जयकुमार यादवले बजेट भाषणपछि रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेका हुन् ।

यस विषयमा उनीहरूले मुख्यमन्त्रीको जवाफ माग गरेका छन् । एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले चेतावनी दिएका छन् । उनले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । दलका उपनेता ठाकुरले बजेट सेसन अन्त्य भएपछि के कति कारणले रकमान्तर भएको भनेर जवाफ मागेका छन् ।

प्रतिक्रिया