बासीभात दिँदा प्रेमले आफ्नै आमाको हत्या गरेपछि…

जनकपुरधाम । आफ्नाे सौतेनी आमालाई कर्तव्य ज्यान मारेको अभियोगमा धनुषा प्रहरीले एक युवकलाई आज पक्राउ गरि सार्वजानिक गरेको छ ।
सौतेनी आमाले बासी भात खान दिएको रिसको आडमा झगडा भएपछि काठको चिरपट प्रहारबाट आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको आरोपमा जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. ४ शिवनगर पथराई स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने पर भारत जिल्ला बेतिया नरकटियागंज थाना केयुनिया बस्ने राजु भगतको छोरा वर्ष २० को प्रेम भगतलाई प्रहरीले सर्वाजानिक गरेको हो ।
प्रहरीका अनुसार उनले आफ्नाे कान्छी आमा ३९ वर्षकी मिरा देवी भगतको हत्या गरेको आरोप छ । घटना हिजो शनिवार भएको हो । प्रेम आफना बुवा संगै बसेर राजमिस्त्रीको काम गर्दै आएका छन् । मिरा देवीको मृत्यु भए लग्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले बताए ।
बासीभात आन्न बरु होटलमा खान्छु भनेपछि आमाले बुवाको नाम लिएर तथानाम गाली गरेपछि आफुले धक्का दिँदा आमा लडेको र मलाई काठको चिरपटले हान्न खोजेपछि चिरपट खोसेर आफु पिठयुमा हान्न खोजेपनि टाँउकोमा लागेको आरोपित प्रेमले कबुलेको प्रहरीको भनाई छ ।
मृतक राजु भगतको कान्छी श्रीमती हुन । प्रहरीले उनको जेठी श्रीमतीबाट पनि २ छोरा र २ छोरी तथा मृतक महिलाको पनि दोस्रो विवाह रहेकाले पहिलो श्रीमान बाट २ छोरी र १ छोरा तथा हाल राजुसँगको विवाह पश्चात एक दुई महिनाको बच्चा रहेको छ । करिव ७८ महिना पहिला राजु भगतले आफ्नो जेठी श्रीमतिको छोरा प्रेमलाई समेत नेपालमा ल्याई राजमिस्त्री काममा लगाएका थिए ।
मृतक महिला र निजको श्रीमान संग वेलावेलामा झै–झगडा हुने गरेको प्रहरीको भनाई छ । अभियुक्त प्रेम सहित शवसंगै जलेर वाँकी रहेको मृतकको कपडा सहितका बस्तुहरु पनि प्रहरीले सार्वजानिक गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






