Kamlee ले कल्पना पटवारीकाे स्वरमा बनाएको ‘करीले परबिया’ छठको गीत सार्वजनिक, चौतर्फी प्रशंसा

जनकपुरधाम । पछिल्लो समयमा मधेशको कला संस्कृति र यहाँको सुन्दरता झल्काउन सिनेमाको माध्यमबाट अग्रसर जनकपुरधामका युवा निर्देशक कमलेश सिंहको निर्देशनमा बनेको छठ महापर्वको गीत सार्वजनिक भएको छ।
भारतीय प्रसिद्ध गायिका कल्पना पटवारीको स्वरमा उनले निर्देशन गरेको छठ महापर्वको गीत ‘करीले परबिया’ सार्वजनिक भएको हो । अर्को साता आउँदो छठ महापर्वलाई लक्षित गर्दै तयार गरिएको उनको गीत बुधवार सार्वजनिक भएको छ । भोजपुरी भाषामा रहेको उक्त गीतमा मधेश प्रदेशका कलाकारकै भूमिका छ। गीतको पूण छायांकन जनकपुरधामका धार्मिक स्थलहरूमा गरिएको हो ।
सो गीत मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलवार बेलुकी फिल्म निर्मात्री तथा समाजसेवी शर्मिलाले गरेकी हुन् ।
उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरे । उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताए । साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्रहरू पनि निर्माण गर्न आग्रह गरे । उनले मधेश प्रदेश सरकार कलाकार र धर्म–संस्कृति प्रवद्र्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
सार्वजनिक गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रदालुले अपनाउने विधी, गर्ने पुजापाठलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यो गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन् । यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ ।
गीतको भिडिओमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ । भिडिओ उडान प्रोडक्सन्सले निर्माण गरेको हो।
कार्यक्रममा उडान इन्टरटेनमेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताइन् । ‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ । यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीतसङ्गीत, चलचित्रको माध्यमले अगाडि ल्याउँछ भन्नेमा कोसिसमा छु । आगामी दिनमा पनि यस्तै कामहरू गर्ने छुु, उनले भनिन् ।
निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिइन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘आशाु आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ । भिडियोको छायांकन साजन ठाकुरले गरेका हुन्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन् ।
गायिका कल्पना पटवारीले गाएका गीतहरू ‘बिल्लु भयङ्करु, ‘तेरे लाईु, ‘उचा लम्बा कदु, ‘इश्कसे मिठाु, ‘शकिराु, ‘एैला रे एैलाु, ‘गन्दी बातु लगायत हिट छन् । उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी, बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन् । पछिल्लो समय उनी धार्मिक गीतहरू गाउने गरेकी छिन् ।






