राजर्षि जनक विश्वविद्यालय : अनुसन्धानमूलक बन्ने कि राजनीतिक अभिष्ट पुरा गर्ने ?

त्रिलोक कुमार यादव
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित राजर्षि जनक विश्वविद्यालय नेपालको एक राष्ट्रिय विश्वविद्यालय हो । संसदबाट सन् २०१७ मा विधेयक पारित भएपछि यस विश्वविद्यालयको स्थापना भयो ।
विश्वविद्यालय मधेश प्रदेशमा केन्द्रित छ । विश्वविद्यालयको केन्द्रिय कार्यालय जनकपुरधाममा छ । यस विश्वविद्यालयको नाम राजा जनकको नाममा आधारित छ । विश्वविद्यालयको अध्ययन, अध्यापन एवम् अनुसन्धान कृषि, कला, आयुर्वेद, दर्शन, वन, कानून, व्यवस्थापन, चिकित्सा र पर्यटनमा आधारित रहने भनिएको छ । प्रारम्भिक चरणमा विश्वविद्यालयले सार्वजनिक व्यवस्थापन, स्वास्थ्य र कानूनमा स्नातक पठनपाठन प्रदान गर्न शुरू गरेको छ ।
वि.सं. २०७५ सालमा विश्वविद्यालयका पहिलो उपकुलपतिको रुपमा डा. भरत झा नियुक्त भए । उनले विश्वविद्यालय संचालन गर्न लायन्स क्लबसँग जनकपुरधाम वडा नम्बर ८ मा अवस्थित भोला सिंह लायन्स स्कुलको भवन भाडामा लिई व्यवस्थापन, चिकित्सा र कानुनमा स्नातक पठपाठन प्रदान गर्न सुरु ग¥यो ।
शिक्षालाई बढी महत्व दिने दार्शनिक प्लेटोका अनुसार वैयक्तिक न्याय र सामूहिक न्याय दिनु उच्च शिक्षाको उद्देश्य हो । न्यायलाई विस्तृत अर्थमा ज्ञानको उत्कृष्टता भनेका छन् । प्लेटोका दार्शनिक शिष्य एरिस्टोटल भने गुरुभन्दा एक कदम अघि बढेर समाजलाई खुसी बनाउने ज्ञान, सीप, स्वभाव र सामथ्र्य विकास नै विश्वविद्यालयको काम (उच्च शिक्षाको उद्देश्य) हो भनेका छन् ।
उनको विचारलाई आधार मानेर शिक्षाको ‘लिबरल थ्योरी’ विकास भएको छ । पूर्वीय दार्शनिक चाणक्य पनि शिक्षालाई सुख दिने ज्ञानका रुपमा लिन्छन् । उनका अनुसार सुखको मूल धर्म (आचरण) हो र धर्मको मूल चाहिँ अर्थ (उपयोगिता सिर्जना) हो । त्यसैले ज्ञान, सामथ्र्य र सुख (खुसी ?) प्राप्तिको वरिपरि शिक्षा घुम्ने गर्छ ।
आधुनिक विद्वानहरु विश्वविद्यालयलाई ज्ञानका केन्द्र मान्छन् र विश्वविद्यालयका नेतृत्वहरु विश्वविद्यालयलाई ‘ज्ञान स्थल’ बनाउन मरिमेट्छन् । लामो समयसम्मको अनवरत धैर्य चाहिन सक्छ । स्टानफोर्ड, अक्सफोर्ड, हार्वर्ड वा प्रिन्स्टन यस अवस्थामा आइपुग्नुको पछि अनवरत प्रयाससहितको उत्कृष्टता हो ।
विद्वानहरु विश्वविद्यालय चार मूलभूत सिद्धान्तबाट निर्दिष्ट हुने मान्छन् । पहिलो, विद्यार्थीको वैयक्तिक विकास विश्वविद्यालयको प्रमुख काम हो, यसलाई ‘लिबरल थ्योरी’ भन्ने गरिन्छ । वैयक्तिक प्रज्ञा विकास गर्ने, व्यक्तिमा अन्तर्निहित सम्भावना (ज्ञान भण्डार) उजागर गरी त्यसलाई उदात्त गर्ने, लगातार ज्ञानको भोक जगाउने र वैयक्तिक उत्कृष्टतामा पु¥याउने काम यस अन्तर्गत पर्छ ।
दोस्रो, कार्य प्रवीणता दिने केन्द्रका रुपमा विश्वविद्यालय रहनुपर्छ, जसलाई प्रोफेसनल थ्योरी भनिन्छ । कोरा ज्ञानले वैयक्तिक आवश्यकता पुरा गर्न सक्दैन, व्यावसायिक प्रवीणता (भोकेसन) ले उत्पादन, उपयोगिता र आवश्यकता पूर्तिसँग व्यक्ति जोडिन्छ र त्यो शिक्षा सार्थक बन्छ । तेस्रो सिद्धान्त रिसर्च इन्जिन ‘थ्योरी’ हो, जसले ज्ञानको सिर्जना, पुनसिर्जना र परीक्षणमा जोड दिन्छ ।
विश्वविद्यालयहरु ज्ञान र सीपका कार्यशाला हुन्, त्यसको व्यावहारिक उपयोगबाट विश्वले आधुनिक अवस्था पाएको हो । विश्वविद्यालयले समाज र राष्ट्रलाई योगदान गर्ने भावना र सहभागिताको चाहना विकास गर्न सक्नुपर्छ, जसलाई सामुदायिक सहभागिता सिद्धान्त भनिन्छ । यी चार सिद्धान्तको जोड वा उपयोग स्थल विश्वविद्यालय हो । त्यसैले यो ज्ञान, सीप, स्वभाव र सामथ्र्य विकासको संगमस्थल हो । यहाँ भन्दा बढी विश्वविद्यालयको काम पनि हुँदैन ।
विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापी होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सिर्जनामुखी बनाउनु हो ।
सबैभन्दा ठुलो कुरा विश्वविद्यालयले व्यक्तिको आत्मविश्वास र आफ्नो सामथ्र्यबोध गराउँछ, ता कि व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा मूल्यवान् छ भन्ने बोध गर्न सकोस् ।
विश्वविद्यालयले विद्यार्थीहरुलाई भविष्यको आशा र उत्साह जगाउने काम गर्छ । त्यो आशा र उत्साहमा पुग्न सीप र सामथ्र्य दिन्छ भने सामाजिक जीवनमा उचित व्यवहार गर्ने स्वभाव पनि दिन्छ । सबैभन्दा ठुलो कुरा विश्वविद्यालयले व्यक्तिको आत्मविश्वास र आफ्नो सामथ्र्यबोध गराउँछ, ता कि व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा मूल्यवान् छ भन्ने बोध गर्न सकोस् ।
शिक्षाले सबै प्रकारको पराधिनता र दासत्वबाट मुक्ति दिलाउन सक्नुपर्छ, अधिकार, कर्तव्य र यी दुवै कुराको नागरिक जीवनमा अभ्यास गर्ने सीप दिन सक्नुपर्छ । स्वाभिमान र सशक्तिकरण शिक्षाको साध्य हो । भन्ने गरिन्छ, सयौँ मानिसको भीडमा एकजना हार्वर्ड, प्रिन्स्टन जस्ता ख्यातिप्राप्त विश्वविद्यालयबाट दीक्षित कुनै व्यक्ति छ भने उसको चेहराको चहकले नै उसलाई पहिचान गर्न सकिन्छ ।
यसो भन्नुको मतलब त्यो चहक वा शक्ति भनेको ज्ञानको सामथ्र्य हो । त्यो सामथ्र्य स्टानफोर्डले ल्यारी पेज र सर्जी ब्रिनहरुलाई दियो, हार्वर्डले मार्क जुकरबर्ग, अल गोर र बिल गेट्सहरुलाई दियो, प्रिन्स्टनले जेफ विजोस र विड्रो विल्सनहरुलाई दियो । विश्वविद्यालयहरुले त्यो सामथ्र्य र ज्ञान दिन नसक्दा कति वैज्ञानिक, विचारक र राजनेताहरु त्यत्तिकै हराएका होलान् । हामीमध्ये कतिले विश्वविद्यालयमा पढ्दा–पढ्दै पनि त्यो अवसर पाउन सकेनौं । जे जति सिक्यौ आफ्नै अथक परिश्रमले सिक्यौ । यसतर्फ कहिल्यै सोचियो र ?
विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापी होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो ।
विश्वविद्यालयबाट दीक्षित हुनुको अर्थ डिग्रीको प्रमाणपत्र लिनु कदापी होइन । नागरिक जीवनको पूर्णत्व दिनु हो । स्वाभिमानी बनाउनु हो, सीप र प्रवीणताले सज्जित बनाउनु हो । त्यस्ता व्यक्तिहरु नै जीवनमा आशा देख्छन्, समाजमा सपना देख्छन् र ती आशा सापना पूरा गर्न सिर्जना गर्छन् । प्लेटो, एरिस्टोटल वा चाणक्यले भनेको न्याय, सुख र खुसी त्यही सामथ्र्यभित्र देखिन्छ । सामथ्र्यका चेहरा नै चहकयुक्त हुन्छन् । विश्वविद्यालयका दीक्षितहरु जीवनभरि आशा, उत्साह र उन्मेदमा भाइब्रेटेड हुनुपर्छ । आफैँलाई भार हुने शिक्षा दिइयो भने समय र स्रोतको बर्बादी हो ।
त्यसैले भनिरहन पर्दैन्, आधुनिक विश्वविद्यालय ज्ञान, प्रविधि र विचार उत्पादनका कार्यशाला हुन्, त्यसलाई प्रयोग गर्ने प्रयोगशाला हुन् । व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिने उदारवादी (जर्मन) ढाँचा होस् वा अनुशासन र नियन्त्रणलाई जोड दिने तुलनात्मक रुपमा अनुदारवादी (फ्रेन्च) ढाँचा नै किन नहोस्, दुबैको साध्य एकै हो, जो माथि उल्लेख गरिएको शिक्षाको उद्देश्य हो । ख्याति कमाएका सबैजसो विश्वविद्यालयहरु अनुसन्धान र कार्यशाला केन्द्रित शैक्षिक विधि अवलम्वन गरिरहेका छन् ।
प्रयोगबाट सीप उत्पादन सिकाइरहेका छन् । यसलाई पूर्णत्व दिन विश्वविद्यालयलाई कक्षा कोठाबाट समुदायसम्म पु¥याइरहेका छन् । उदाहरणका लागि जोन हप्किन्स विश्वविद्यालय अनुसन्धानमा आधारित प्रयोगमा छ । एक्काइसौँ शताब्दीमा नवउदारवादी कार्यखोजका साथ कर्पोरेट विश्वविद्यालय विकास भइरहको छ । विश्वविद्यालयलाई कक्षा कोठाबाट समुदाय र कार्यस्थलमा र्पुयाइदैँ छ, ता कि यस शताब्दीले सामना गर्नुपरेका वैचारिक, प्राविधिक र आर्थिक चुनौतीलाई प्राज्ञिक प्रयोगबाट समाधान खोज्न सकियोस्, विश्वविद्यालयका उत्पादन पूर्ण मानिस बन्न सकून् ।
के हाम्रा राजर्षी जनक विश्वविद्यालयले यसतर्फ विचरणसम्म गरेका छन् ? वा भविष्यका लागि चुनौती सामना गर्ने सीप सामथ्र्य दिने रणनीतिमा छन् ? नभएर त्यसतर्फको यात्रा कसरी तय गर्ने ? यो नै हाम्रा विश्वविद्यालयको प्रस्थानविन्दु बन्नुपर्छ ।
जनकपुरधाममा राजर्षी जनक विश्वविद्यालय स्थापनापछि लामो समयसम्म एकल विश्वविद्यालयका रुपमा रहँदै आएको छ । केही विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका क्रममा छन् भने छुट्टै प्राज्ञिक धार र गभर्नेन्स मोडेलका उच्चशिक्षा प्रदायक विश्वविद्यालय खुल्ने चर्चा पनि समयरसमयमा आउने गरेको छ ।
विशिष्टीकृत उद्देश्यका विश्वविद्यालय आफ्नो विशिष्ट उद्देश्य पूर्तिका मौलिक, प्राविधिक र अनुसन्धात्मक दायित्वबाट विषयान्तर हुनु हुँदैन । यदि त्यसो हो भने विशिष्टीकृत विश्वविद्यालयको औचित्य कत्ति पनि पुष्टि हुँदैन । विश्वविद्यालय स्थापना गर्ने तर प्राज्ञिक कुशलता यो वा त्यो बहानामा देखाउन नसक्ने अवस्था रहिरहेमा पनि त्यो वास्तविक विश्वविद्यालय बन्दैन र स्थापनाको औचित्य पुष्टि हुँदैन, संस्था बन्दैन ।
रुग्ण संस्था बनेका शैक्षिक अनुष्ठानले विद्यार्थीको भविष्य र स्रोत साधनमाथि खेलबाड गर्छ र मुलुकको भविष्य बर्बाद पार्छ ।
प्राज्ञिक नेतृत्वको सामथ्र्यले नै विश्वविद्यालयलाई ज्ञानस्थल बनाउने सामथ्र्य राख्छ । विश्वविद्यालय प्राज्ञिक संस्था बनेर त्यस विषय क्षेत्रको वैश्विक ज्ञान (युनिर्भसल नलेज) दिन सक्नुपर्छ । अन्यथा आफैँ रुग्ण संस्था बनेका शैक्षिक अनुष्ठानले विद्यार्थीको भविष्य र स्रोत साधनमाथि खेलबाड गर्छ र मुलुकको भविष्य बर्बाद पार्छ ।
कुनै प्रतिष्ठित व्यक्तिका नाममा निकाय स्थापना गर्न सजिलो छ, तर स्थापनापछि त्यसले समाज, राष्ट्र र व्यक्तिको अपेक्षा पूरा नगरी संस्था रुग्ण बन्ने अवस्था आएमा नामित व्यक्ति र समाजमाथि ठूलो अन्याय हुनपुग्छ । त्यसैले विश्वविद्यालयको आधार राजनीतिक एवम् प्रशासनिक होइन, प्राविधिक र प्राज्ञिक हुनुपर्छ ।






