रक्तदान अभियन्ता महतो ‘४० मुनिका ४०–२०८३’ बाट सम्मानित

जनकपुरधाम । रक्तदान अभियन्ता धनुषा बटेश्वर गाउँपालिका–३ का सरोज कुमार महतो ‘४० मुनिका ४०–२०८३’ सम्मानबाट सम्मानित भएका छन्। अनलाइन खबरद्वारा प्रदान गरिएको उक्त सम्मानबाट महतो सम्मानित भएका हुन्।

देशभरी नै रगतका अभाव भएकाहरुलाई समयमै रगत उपलब्ध गराउने अभियानमापर्ःत सामाजिक क्षेत्र तथा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका महतोलाई सम्मान गरिएको छ। उनी यस बाहेक पनि विभिन्न सामाजिक अभियानमा समेत संलग्न छन्। युवाको नेतृत्व विकास, नागरिक सचेतना तथा सामाजिक सेवाका क्षेत्रमा उनको सक्रियता रहँदै आएको छ।

महतो यसअघि नेपाल सरकारद्वारा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

बटेश्वर गाउँपालिकाका स्थानीय महतो राष्ट्रियस्तरको सम्मानबाट सम्मानित भएपछि स्थानीय समेत खुशी छन् ।

प्रतिक्रिया